कपिलवस्तु । कपिलवस्तु जिल्लाको बर्दघाट नगरपालिका ४ पूर्व–पश्चिम लोकमार्गस्थित खुर्सानी खोलाको छेउबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ३७ हजार रुपैयाँ बराबरको करीव ३९ क्यूफिट सिसौको काठ बरामद गरेको छ ।
उक्त स्थानमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।