सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित चार जना पक्राउ

बुधबार, जेष्ठ ५ २०७८

सुनसरी ।  सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित पूर्वपश्चिम लोकमार्गबाट जेठ ५ गते सशस्त्र प्रहरीले ६७ बोतल कोरेक्स र १ सय वटा निट्रोजेन ट्याब्लेसहित चार जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सोही जिल्लाको भोक्राहा गाउँपालिका १६ बस्ने रघुनन्दन मण्डल, १८ वर्षिय बिरेन्द्रप्रसाद यादव, शिवनन्दन मण्डल र सोही जिल्लाकै ईटहरी उपमहानगरपालिका ९ बस्ने ३२ वर्षिय आशिषकुमार मण्डल छन् । 
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।