काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका–११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ९१ हजार एक सय ५० रुपैयाँ र पाँच बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।