बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

बुधबार, जेष्ठ ५ २०७८

कञ्चनपुर । भिमदत्त नगरपालिका–५ सुकासाल बस्ने २६ वर्षीय नविन भाँट र सोही ठाउँ बस्ने २० वर्षीय रोहित सुनारलाई १ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 
उनीहरुले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबार खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।