सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

मंगलबार, जेष्ठ ४ २०७८

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत सात जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।