काठमाडौं । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित कटनमिल ईलाकाबाट बैशाख २७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिराटनगर महानरपालिका १३ अभिवादन टोल बस्ने २८ वर्षिय बिरनारायण यादव छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले खुट्टामा टेपले बाधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट ४८ वटा, नाईट्राभेट ट्याब्लेट ६० वटा र डाईलेक्स डिसी १० बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका निज यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।