सर्लाही । आफ्नै श्रीमती ३२ वर्षीया उशादेबी कर्णको हत्या गरेको अभियोगमा हरिवन नगरपालिका–११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय बिजयलाल कर्णलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबाद हुँदा बिजयलालले सिलौटोले टाउँकोमा प्रहार गर्दा उशादेबीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।