बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

आइतबार, बैशाख २६ २०७८

कञ्चनपुर ।  दोधारा चाँदनी नगरपालिका–१ स्थित पक्की पुल नजिकबाट करिब १४ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दत्त भट्ट र बेतकोट नगरपालिका–२ बस्ने ३२ वर्षीय केशब खत्री रहेका छन् । विशेष सूचनाको आधारमा म.२ प ७१०० नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा  स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।