बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल टेलिकमको आकर्षक मूल्यको डाटा तथा भ्वाइस प्याक

शनिबार, बैशाख २५ २०७८

काठमाडौं,। कोरोना भाइरस (कोभिड–१९) को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ ।

मंगलबार प्रेसविज्ञप्ती जारी गर्दे टेलिकमले देशैभर लागु गरिएको निषेधाज्ञाको समयमा टेलिकम कम्पनीका मोबाइल सेवा लिने ग्राहकहरुका लागि आकर्षक सुविधाहरु उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरेको हो । अफर लामो र छोटो दुबै समयमा उपयोग गर्न सकिने र उपयोगी हुने अपेक्षा  लिएको छ । कम्पनीले एक जीबी प्रतिदिन बोनस सहितको भ्वाइस प्याक लिदाँ २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी ६४९ रुपियाँमा सेवा उपलब्ध गराएको छ । यो सुविधा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।

अर्को ७ दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी ९५ रुपियाँमा सेवा उपलब्ध गराएको जनाएको छ । यो सेवा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार १ स्टार ४ ह्याज डायल गर्न सकिन्छ । त्यसै गरी दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक दुई घण्टासम्म असीमित डाटा चलाउन ३० रुपियाँमा यो सुविधा उपलब्ध गराएको छ यसका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिने जनाएको छ ।

त्यसै गरी ५०० एमबी प्रतिदिन डाटा प्याक २९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी सेवा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ९ स्टार ३ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ ।