सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

शुक्रबार, बैशाख २४ २०७८

झापा जिल्लाको कचनकवल गाउँपालिका ५ पाठामारीस्थित सीमा ईलाकाबाट बैशाख २४ गते एपीएफ टोलीले विभिन्न किमिसका लागूऔषध बरामद गरेको छ । 
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पाठामारीबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै उनले बोेकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा नाईट्राजेपाम ट्याब्लेट २ सय वटा, वीन स्पास्मो ट्याब्लेट १ सय ४४ वटा, ल्याबोरेट ४० बोतल र १ सय ८० ग्राम गाँजा फेला पारीएको हो । एपीएफ टोलीले बरामद लागूऔषध प्रहरी चौकी पाठामारीमा बुझाएको छ ।