बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रेम रामदामको शब्द, संगीतमा ’चोली तिम्रो’ सार्वजनिक

शुक्रबार, बैशाख २४ २०७८

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ’चोली तिम्रो’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ । 
यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ । फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ । 
पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

भिडियो लिंक

https://youtu.be/d0w60BI0pjw

Screen Shot (9).jpg