सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

मंगलबार, बैशाख २१ २०७८

कास्की ।  पोखरा महानगरपालिका–५ जागृती मार्गस्थित रमेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ घारीपाटन बस्ने ३५ वर्षीया माया पुन लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ४५ रुपैयाँ  र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।