सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गाडीमा गाँजा बोकनेलाई प्रहरीले च्यापै

बिहिबार, बैशाख १६ २०७८

मकवानपुर, बैशाख १६ भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा बिन्दवासिनी गाउँपालिका–३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्यायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना.१ ज ४७३३ नम्बरको गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक उपाध्यायलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।