सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बुधबार, बैशाख १५ २०७८

काठमाडौं ।   बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तुमा पनि आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पुरुषले ती बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।