बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध गाँजा सहित पक्राउ

मंगलबार, बैशाख १४ २०७८

कास्की ।  पोखरा महानगरपालिका–३२ घारीबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–३२ घारी बस्ने २३ वर्षीय सन्देश कुँबर र तल्लो गगनगौडा बस्ने १९ वर्षीय निराजन शाह रहेका छन् । ग.१७ प १८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी जनताचौताराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा  मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।