काठमाडौं । मोरङ, बिराटनगर महानगरपालिका–७ जलजला चोकस्थित राजकुमार रौनियारको आरएम ट्रेडर्सको गोदामबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने २ थान गोली सहित सोही ट्रेडर्समा काम गर्ने सोही महानगरपालिका–६ बस्ने सुनसरी ईटहरी उपमहानगरपिका–१७ घर भएका २४ वर्षीय सुजित साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
रोल्पा, त्रिवेणी गाउँपालिका–७ भित्रीखोला बस्ने ३५ वर्षीय कमल बुढाको घरबाट २ थान भरुवा बन्दुक आइतबार साँझ प्रहरीले बरामद गरेको छ । उनको घरमा भरुवा वन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी जुगार रोल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कौसीमा राखेको अवस्थामा फेला पारी उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।