मकवानपुर । आफ्नै ५० वर्षीय बाबु बलराम सापकोटाको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका–३ कटुन्जे बस्ने ३० वर्षीय अन्जन सापकोटालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अन्जनले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।