सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

आइतबार, बैशाख १२ २०७८

काठमाडौं ।  बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार बैकिङ कसुरको अभियोगमा धादिङ्गको साविक बेनीघाट गा.वि.स. वडा नं.८ बाहुनटार परिवर्तित बेनीघाट रोलाङ्ग गाउँपालिका वडा नं.५ घर भएका ४५ बर्षिय ध्रुब प्रसाद कँडेललाई आज आईतबार काठमाडाँैको नक्सालबाट पक्राउ गरिएको हो ।
प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ध्रुव प्रसाद कँडेल भएको बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको  फैसलाले कँडेललाई सात दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेकोमा उक्त सजाय बेरुजू रही फरार रहेकोले निज प्रतिवादीलाई कँडेललाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले आज आईतबार काठमाडौंको नक्सालबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौं जिल्ला अदालतमा पठाएको सिआईबीले जनाएको छ । 
सिआईबीका अनुसार प्रतिवादी कँडेलले २०७५ साल भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पिडींत जाहेरवाला प्रकाश न्यौपानेलाई १२ लाख ५० हजार बराबरको चेक काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सात दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना हुने गरि फैसला भएको थियो ।