सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते एपीएफ टोलीले करीव ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ६८ वटा एलिभेष्टरसहित भारतमा घर बताउने ३५ वर्षिय निरज गुप्तालाई पक्राउ गरेको छ ।
भारतबाट दुई वटा बयल गाडामा राखी नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको उक्त एलिभेष्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त एलिभेष्टर ल्याउन प्रयोग भएको २ वटा बयल गाडा र चार वटा गोरु समेत बरामद गरेको छ ।
पक्राउ परेका निज गुप्तालाई बरामद एलिभेष्टर, गोरु र गाडासहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद गोरु तथा गाडाको भन्सार दाखिला मुल्य एक लाख ६० हजार रुपैयाँ रहेको छ ।