बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तास खेलिरहेको अवस्थामा पक्राउ

आइतबार, बैशाख १२ २०७८

तनहुँ । आबुखैरेनी गाउँपालिका–३ आबुखैरेनी बस्ने ५८ वर्षीय मन बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ४ सय ४० रुपैयाँ र १३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।