कैलाली । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–१ झुङ्गा टोल बस्ने ४६ वर्षीय राम बहादुर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।