बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन जस्तो देखिने पहेंलो धातु सहित दुुई जना पक्राउ  

शुक्रबार, बैशाख १० २०७८

कपिलवस्त ।  कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, एक थान पहेँलो रङको सिक्री र एक थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका–५ बस्ने २० वर्षीय हरिचन्द यादव र सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद कुमार तिवारी रहेका छन् । उक्त स्थानमा नक्कली सुन बिक्री गर्नको लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।