सुनसरी । आफ्नै ३८ वर्षीय बाबुको हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका–९ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाबुछोरा बिच मंगलबार बिहान आपसी विवाद हुँदा बाबुले छोरालाई कुटपिट गरेपछि छोराले समेत तपेश भाँडाले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।