सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहिबार, बैशाख ९ २०७८

सुनसरी ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटल एण्ड लजको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।