बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कटुवा पेस्तोल सहित पक्राउ

बुधबार, बैशाख ८ २०७८

सिरहा ।  सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादबलाई १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 
बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारी र ईलाका प्रहरी कार्यालय लहानबाट खटीएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।