सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

डाँका मुद्दामा संलग्न पाँच जना अभियुक्त पक्राउ  

आइतबार, बैशाख ५ २०७८

सुनसरी ।  डाँका मुद्दामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–१३ खनार बस्ने ३२ वर्षीय नमाजुद्दिन आलम, दुहवी नगरपालिका–६ छातावेली टोल बस्ने २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगा गाउँपालिका–४ बस्ने ३० वर्षीय अजिम मिया, सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ३६ वर्षीया सृजना चौधरी र सर्वन उराव रहेका छन् । 
घटनाको मुख्य योजनाकार सृर्जना चौधरीले आफ्नो घरमा २०७७ जेठ २३ गते मानिसहरु प्रवेश गरी घर तथा स्कुटर तोडफोड गरेको विषयमा आफ्नै काका ससुरा बर्जु गाउँपालिका–१ बस्ने सुभाष चौधरीलाई शंका गरी रिसइवि साध्ने सोचले आफ्नो श्रीमानको हकमा रहेको पैत्रिक सम्पत्ति वेचबिखन गरी ३० लाख रुपैयाँ घरमै राखेको भनी २०७७ फागुन ६ गते राति सुभाषको घरमा गई सुभाष र उनका परिवारलाई कुटपिट गरी घरमा भएको नगद ५४ हजार रुपैयाँ लुटी लगेको अनुसन्धानबाट खुल्न आएको छ । साथै मिस फायर भएको १ राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ । 
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।