सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

आइतबार, बैशाख ५ २०७८

मोरङ ।  बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।