बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक भिम श्रेष्ठको ’ओ माई लर्ड’ सार्वजनिक

आइतबार, बैशाख ५ २०७८

काठमाडौं ।  गायन र अभिनय मार्फत नेपाली कला क्षेत्रमा क्रियासिल युवा गायक भिम श्रेष्ठले ’ओ माई लर्ड’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 
रोमान्टिक भर्सनको यस  गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ । यस गीतलाई शैलेन्द्र एम प्रधान ’बाबु’ले संगीत संयोजन गरेका हुन् । 

1.JPG

गायक श्रेष्ठ र गरिमा शर्मा अभिनित यस भिडियोमा यो जोडीको केमेस्ट्री मिलेको छ । भिडियोलाई दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ । अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । गायक श्रेष्ठको आधिकारिक च्यानल ’भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।  
भिडियो लिंक

https://youtu.be/OxMDz_kWYY8 

2.JPG