एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले World War 4 – Endgames आज एन्ड्रोइड प्लेटफर्ममा Google Play Store मार्फत सार्वजनिक गरेको छ ।
World War 4 – Endgames एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ ।
त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । र उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन् ।

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् ।
खेलाडीले कच्चा पदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ ।
गेमको मुख्य विशेषतास्
१ प्रत्येक १०० दिनको एक सिजन
२ विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
३ आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
४ वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट
यो गेम Download गर्ने लिंक
https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME
यो गेममा सीमित समयको लागि $5 मूल्य हाराहारी पर्ने 50 Gold फ्रीमा प्रदान गरिनेछ ।