बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौं ।  विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ललितपुर गोदावरी बस्ने धादिङ रुबीभ्याली गाउँपालिका–१ घर भएका ईमरान पन्तलाल तामाङ भन्ने २२ वर्षीय रबिन्द्र थापा तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

c1.JPG
तामाङले विभिन्न व्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।