सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलबार, चैत्र ३१ २०७७

बर्दिया ।   लागूऔषध मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका–४ बस्ने २० वर्षीय आर्यन चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत बर्दियाको चैत ३ गतेको फैसलाले लागूऔषध (ब्राउनसुगर) मुद्दामा १० महिना कैद तोकी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–४ तुलापुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।