बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ    

मंगलबार, चैत्र ३१ २०७७

बाँके, आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चक्र बहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।