सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ :–

शनिबार, चैत्र २८ २०७७

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर ईलाकाबाट एपीएफ टोलीले २० वटा नाईट्रोजन ट्याब्लेट र १५ ग्राम गाँजासहित चैत्र २७ गते
दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको रुपनी गाउँपालिका ५ बस्ने २४ वर्षिय जितेन्द्र कुमार यादव र सोही जिल्लाकै राजविराज नगरपालिका १ बस्ने २५ वर्षिय प्रिन्सकुमार मण्डल छन् । स ८ प ९९२९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका सखडामा बुझाईएको छ ।