बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी घिमिरे पक्राउ

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  बैंकिङ कसुर मुुद्धामा एक करोड रुपैयाँ ठगी गरी फरार भएका प्रतिवादी महेश्वर घिमिरे पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार ठगी गरी फरार भएका ३५ बर्षिय अभियुक्त घिमिरेलाई बिहिबार काठमाडौको टोखा नगरपालिका ४ बखुन्डोलबाट पक्राउ गरिएको हो । 
पक्राउ परेका घिमिरे उपर २०७७ माघ १२ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्धामा पक्राउ पुर्जी जारी गरेको थियो । सो लगत्तै फरार रहेका प्रतिवादी घिमिरेलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाशाखाले जानकारी दिएको छ ।