बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  कीर्तिपुर नगरपालिका–९ खासीबजारबाट १ सय ६० ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ३ लाख रुपैयाँ सहित सोही ठाउँ बस्ने ४२ वर्षीय अनिल महर्जन लगायत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लागूऔषधको कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।