बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मंगलबार थपिए २६० जना कोरोना संक्रमित

बुधबार, चैत्र २५ २०७७

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ११३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ।

हाल देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।