बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पुनः लकडाउन गर्ने अवस्था आउन सक्छ: स्वास्थ्य मन्त्रालय

मंगलबार, चैत्र २४ २०७७

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ असारसम्ममा पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गर्दै यस्तो बताएका हुन् । 
मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आइनसकेको तर स्वस्थ्य मापदण्ड अपनाउनमा होसियारी नभए अवस्था भयावह बन्न सक्ने बताएका हुन् ।

उनले लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत उनले आग्रह गरेका हुन् । ‘अहिले आतंकित हुनुपर्ने अवस्था छैन । सावधान र सतर्क रहौं’ मन्त्री त्रिपाठीले भने ।

मुलुक प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षणको लागि हेल्थ डेस्क अनिवार्य व्यवस्था गरिएको जानकारी उनले दिए । आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्ने जानकारी दिँदै उनले सबैलाई सुरक्षित हुन आग्रह गरे ।

खोप सहयोगका लागि मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारत र चीनलाई धन्यवाद समेत दिए । साथै, खोप आपूर्तिसम्बन्धी अध्यादेशलाई तत्काल संसदबाट अनुमोदन गर्नुपर्ने खाँचो पनि उनले औंल्याए ।