काठमाडौं । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार ६१ लाख ५५ हजार रुपैयाँ बिगो ठहर भएका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी बरुण ढकाललाई काठमाडौको पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।
कमला कुमारी राई र कल्पना कुमारी राई समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बरुण ढकाल भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७७/०९/१५ गतेको फैसलाले खोटाङ जिल्लाको साविक विजयखर्क गा.वि.स.वडा नं.–७ परिवर्तित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१५ घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं.–९ गोठाटार बस्ने ३४ बर्षिष् ढकाललाई पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ बिगो जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेका प्रतिवादी ढकाललाई सिआईबीबाट खटीएको प्रहरी आईतबार पेप्सीकोला, काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको आज सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सिआईबीले जनाएको छ ।
प्रतिवादी ढकालले मिति २०७५/१२/२० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पिडींत जाहेरवाला कमला कुमारी राईलाई ५६ लाख १५ हजार र कल्पना कुमारी राईलाई पाँच लाख ४० हजार रुपैयााँ बराबरको चेक काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम क्रमशः तीन दिन कैद र ५६ लाख १५ हजार तथा दुई दिन कैद र पाँच लाख ४० हजार रुपैयााँ जरिवाना हुने गरि फैसला भएको थियो ।