काठमाडौं महानगरपालिका–४ लोसार पिपलबोटस्थित सगरमाथा ल्याण्ड डेभलपमेन्ट प्राईभेट लिमिटेडको कार्यालयबाट १ थान ल्याप्टप, १ थान सिसिटिभिको हार्ड डिक्स, २ थान सुनका सिक्का र करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न बिदेशी मुद्रा आइतबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।