सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ 

सोमबार, चैत्र २३ २०७७

मोरङ ।  ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका–६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।