बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोभिड १९ का कारण हालसम्म २३ देशमा रहेका तीन सय ४९ जना नेपालीको निधन 

सोमबार, चैत्र २३ २०७७

काठमाडौं ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएकोहो ।  
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको  छ ।  
संयोजक डा सापकोटाका अनुसार  यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।   हालसम्म ५४ देशमा ६५  हजार २ सय ८७  जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ । तीमध्ये  ६२ हजार  ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६  प्रतिशत रहेको छ ।
नेपालमा शनिबार साँझसम्म २ लाख ७७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएकामध्ये ९८ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

corona2.JPG
अनुरोध
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पछिल्लो समय नेपाल सहित विश्वकका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । समितिका संयोजक डा सन्जिव सापकोटाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न, सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउन, भौतिक दुरी कायम गर्न, हात धुने / स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउ“मा मात्र भेटघाट गर्ने, लगायतका समितिले  यसअघि जारी गरेको  स्वास्थ्य निर्देशिका पालना गर्न समेत आग्रह गर्नुभएको छ ।
डा सापकोटाले  संक्रमणको नया“ स्वरुप बढ्दै गएकाले पनि थप सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । 

corona.JPG