काठमाडौं l इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण दर्शक बिनाको मैदानमा आगामी ९ अप्रिलमा शुरू हुँदै छ। भारतमा लगातार बढीरहेको कोरोना भाइरसका कारण भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडी सुरक्षालाई लिएर चिन्तित रहेको बताएको छ। बिसीसीआईका अध्यक्ष राजीव शुक्लाले आईपीएल शुरु हुनु अघि खेलाडीलाई भ्याक्सिन लगाउन चाहेको बताएका छन्।
राजीवले बोर्ड भ्याक्सिनका लागि स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गरिरहेको बताएका छन्। आईपीएलको १४ औं सिजन ५२ दिन चल्ने छ। प्रतियोगिता अप्रिल ९ देखी शुरु भएर ३० मे सम्म चल्ने छ।
तीन खेलाडीसहित २० जना संक्रमित
आईपीएलको १४ सिजन शुरु हुनु अघि अहिलेसम्म ३ खेलाडीसहित २० जनमा कोरोना पोजेटिभ पाइएको छ । खेलाडीहरुमा अक्षर पटेल, देवदत पडिक्कल तथा नीतीश राणा रहेका छन्। केहि समय अघि विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर पडिक्कललाई पनि कोरोना पोजेटिभ देखिएको थियो। जहाँ नीनीशलाई २२ मार्चमा पोजेटिभ देखिएको थियो।
शनिबार मुम्बईको वानखडे मानमा १० स्टाफ र ६ इभेन्ट म्यानेजरमा पोजेटिभ देखिएको छ। जसले गर्दा खेलाडी तथा टीमका पधाधिकारीहरुलाई कोरोनाबाट जोगिएर मैदानमा उत्रनु पनि चुनौतीपूर्ण बन्दै गएको छ l