कैलाली । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त गोदावरी नगरपालिका–६ खैराना बस्ने ३८ बर्षीय राम प्रसाद चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
२०६५ जेठ २४ गते राम प्रसादको खेतमा रहेको फलफुल आरु खान गएका सोही ठाउँ बस्ने ६ वर्षीय लक्ष्मण चौधरी समेतका ५÷६ जना केटाकेटीहरुलाई राम प्रसादले कुटपिट गर्दा लक्ष्मणको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका–७ मगरटोलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।