बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नगद लुटपाट गरेको अभियोगमा पक्राउ 

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं नयाँबानेश्वर बस्ने दाङ लुल्सीपुर भर भएका १७ वर्षीय किशोर लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
उक्त आएमईमा अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई कर्मचारीको साथबाट उक्त नगद लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई नगद ५९ हजार ७ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।