काठमाडौंमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–८ घर भएका २३ वर्षीय ओम पहरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ हलचोकस्थित मेहरगेष्ट हाउसमा ओमले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका–२ दशरथबस्ती बस्ने ४० वर्षीय जग्गु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।