आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पार्टी मिलाउने काम अदालतको हो ?

मंगलबार, चैत्र १७ २०७७

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई ‘अदालतले पार्टी मिलाइदिने हो? पार्टी मिलाउने काम अदालतको हो?’ प्रश्न गरेका छन्।

रिपोर्टस क्लबको वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले मिल्ने हो भने प्रचण्डजी मिल्ने कुरा गर्नुहोस्। डबलीको भाषा बोलेर एकताको गफ हान्ने। बेकारको उल्टापाल्टा कुरा नगरेको बेस।’ ओलीले प्रचण्डलाई पार्टी एकता भंग गरेको सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकनमा गएकोप्रति व्यंग गर्दै झगडियाको संज्ञा दिन भ्याए। 

उनले प्रचण्डलाई भने, ‘तपाईंलाई नमागेको न्याय दियो रे ? ऋषि कट्टेललाई मागेको न्याय दियो नि। दुई वटै झगडियालाई एउटै न्याय मिल्छ तरु कट्टेललाई मागेका न्याय दियो। प्रचण्डलाई नमागेको न्याय दियो रे। अर्काको पार्टीलाई नाम हुँदा हुँदै ह्याकुलाले पेलेर दर्ता गरेको थियो। अरुलाई कुटेर मारे पनि आफ्नो बनाउने समय अब गए। त्यस्तो अब चल्दैन।’

प्रचण्ड र नेता माधवकुमार नेपालको व्यक्तिगत स्वार्थका कारण पार्टीभित्र समस्या भइरहेको उनको आरोप थियो। ‘के यो देश प्रचण्ड भन्ने मान्छेको पछाडि सति जानुपर्ने हो ?’ उनले कडा भाषामा भने, ‘प्रचण्डसँगको आधा-आधा भन्ने कुरा मान्छेले उठाउने गर्छन्, कार्यकारी चाहियो भनेर बीचमै च्यातेको होइन। आधा-आधा भनेको ६०र४० हुनुपर्थ्यो होइन ?’

‘चैतमा महाधिवेशनको मिति तोकिएको थियो। जस जसलाई अध्यक्ष हुनुपर्ने हो, भएको भए हुन्थ्यो नि, मैले हुन्छु भनेको थिइनँ’, उनले माधव नेपालप्रति व्यंग्य गर्दै भने, ‘मसँग चुनाव लडेर हारेको मान्छेले बीचैमा मलाई चाहियो भने।’ 

आफूले माधव नेपाललाई तेस्रो अध्यक्ष हुन आग्रह गरेको समेत उनले त्यहाँ सुनाए। ‘मैले तेस्रो अध्यक्ष हुनुहोस् भने कसले उचालिदियो हुन्न भन्नुभएको पछि प्रचण्डको पछाडिको अध्यक्ष भएर सडकमा जानुभयो त’, उनले भने, ‘उहाँहरुले त सडकबाटै अध्यक्ष, महासचिव, दलको उपनेता हटाइदिए। एकाध व्यक्तिको व्यक्तिगत स्वार्थको कारणले समस्या खडा भयो।’