सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

मंगलबार, चैत्र १७ २०७७

काठमाडौं ।  बाँके जिल्ला जानकी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १७ गते एपीएफ टोलीले करीब २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप तथा नरिवल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जैसपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित सामान बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।