बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर्णालीका मुख्यमन्त्री शाहीका संकट, प्रधानमन्त्री ओलीको मिशनका सेनापति को हुन्? 

मंगलबार, चैत्र १७ २०७७

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सत्ताच्युत गर्न उद्योगमन्त्री लेखराज भट्ट सक्रिय भएका छन्। 
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको जिम्मेवारी पाएका उनले केही दिनअघि भनेका थिए,‘अब माओवादी नेतृत्व रहेका प्रदेश सरकार फेरिनेछन्।’
नेकपा एमालेसँग गठबन्धन गरी चुनाव लडेपछि माओवादी केन्द्रको भागमा ७ मध्ये दुई वटा प्रदेशको मुख्यमन्त्री थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार छ। 
माओवादी नेतृत्व रहेका प्रदेशमा एमालेका सांसदलको बाहुल्यता रहेको छ। कर्णाली प्रदेश सभामा मात्र एमालेका २० सांसद छन्। उक्त प्रदेश सभा ४० सदस्यीय हो।
शाहीको सरकार गिराउनका लागि एमालेका तर्फबाट भट्ट नै सक्रिय रहेका छन्। ‘माओवादीमा रहँदा पनि भट्ट र शाहीको सम्बन्ध सुमधुर रहेको थिएन। त्यहाँमाथि एमालेतिर गएपछि शाहीले भट्टको तिव्र आलोचना र विरोध गरेका छन्’, स्रोतले भन्यो,‘अर्कोचाहिँ यसअघि नै रहेको त्यहाँको विवादको जडले पनि सरकार गिराउन लागिएको हो।’
बीचमा धरापमा परेको शाहीको सरकारबाट तत्कालिन एमालेकाका सबैजसो सांसदले समर्थन फिर्ता लिने तयारी गरेका छन्। जसको नेतृत्व यमलाल कँडेलले गरेका छन्। 
तत्कालिन नेकपाको विवादको मुख्य जड नै कर्णाली प्रदेश बनेको थियो। विवादका क्रममा कर्णालीमा कँडेल समूहले शाहीको मुख्यमन्त्री पद धरापमा पारिदिने विषयले नेकपाको सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवादको अर्को मुख्य एजेन्डा बनेको थियो।
सोही प्रतिशोधलाई अब पूरा गराउनका निम्ति कर्णाली र सुदूरपश्चिम सरकार गिराउने जिम्मा ओलीले भट्टलाई दिएका छन्। जुन मिसनबारे उनले खुलासा गरेका छन्। 
उनले एउटा कार्यक्रममा भनेका थिए,‘अब कर्णाली र सुदूरपश्चिमको सरकार गिराउने बेला भयो। अर्को सरकार बन्नेछ।’
प्रदेश १ र बागमतीको सरकार जोगाउन सफल भएपछि ओलीले प्रचण्ड पक्षमा उभिएका प्रदेश सरकारलाई हटाउने मिशन चलाएको बुझिन्छ। भट्ट प्रधानमन्त्री ओलीको नयाँ मिशनका सेनापति पनि हुन्।