झापा । दमक नगरपालिका–१ हल्दार चोकस्थित मेनम राईको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय सबिन राई लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४० हजार ५ सय रुपैयाँ, ८ थान मोबाइल र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।