बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन सभामुख सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ?

आइतबार, चैत्र १५ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा बालुवाटारमा पुगेका हुन् । प्रतिनिधिसभा पुनःस्थापना भएपछिको यो प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट हो ।

सभामुख सापकोटाले संसद संचालन प्रक्रियामा सहयोगी नबनेको भन्दै प्रधानमन्त्री ओलीले उनीमाथि आरोप लगाउँदै आएका छन् ।

आइतबार बिहान बालुवाटारमा ११ बजे भएको भेटवार्ता करिब २ घण्टासम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले समग्र संसदलाई प्रभावकारी बनाउने, महत्वपूर्ण र जरुरी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेटघाट भएको र भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छुट्टै कुराकानी भएको छ ।